संगीता खत्री
काठमाडौं, २३ जेठ । अनुहारमा आएको चाँयापोतो हटाउने मानिसहरुले धेरै थरी उपचार अपनाएका हुन्छन् । तर, धेरै जनामा सोचे अनुरुपको सुधार नभएको पाइन्छ । यदि तपाईहरु पनि यस्तो समस्याबाट गुज्रिरहनु भएको छ भने गर्न नहुने गल्तिहरुका बारेमा यहाँ उल्लेख गरिएको छ ।
पहिलो गर्न नहुने गल्ति हो, छालामा धेरै थरिको स्क्रिन प्रोडक्टसहरुको प्रयोग गर्न हँुदैन । हामीले प्रयोग गर्ने स्क्रिन प्रोडक्टसहरुमा धेरै थरिका केमिकल्स हुने गर्दछन् । केमिकल्सहरु उक्त प्रोडक्टको बट्टामा रहेको इनभेजिअनसमा हेर्यो भने सजिलै देख्न सकिन्छ । यी मध्ये कतिपय केमिकल्सहरुले छालालाई इरिटेड गर्छ र चाँयापोतो बढाउँछ ।
हाम्रो छालालाई घामबाट बचाउन मेलानोसाइस सेलले मेलानिम भन्ने तत्व उत्पादन गर्छ । यही मेलानिमले हाम्रो छालाको कलर दिने हो । यदि मेलानिमको मात्रा धेरै भयो भने पोतोको समस्या देखिन्छ । स्क्रिन प्रोडक्टसमा भएको केमिकल्सहरुले हाम्रो छालालाई इरिटेड गर्न सक्छन । हाम्रो छाला इरिटेड भयो भने बचाउको स्वरुपमा छालाले बढी मेलानिम उत्पादन गर्दछ । जसका कारण पोतो बढन सक्दछ ।
त्यसैगरी, पोतोका बिरामीले गर्न नहुने अर्को गल्ति भनेको आगो अथवा हिटरको अगाडि लामो समयसम्म बस्न हुँदैन । भारतमा एक हजार एक जना पोतोका विरामीहरुमा गरिएको अध्ययन जुन इन्टरनेस्नल जनरल अफ डर्माटोलाजीमा प्रकाशित भएको थियो । यो अध्ययनले आगो अगाडि बस्दा अथवा खाना बनाउने बेलामा आगो अगाडि हुँदाखेरि पोतो बढने सम्भावना बढी हुन्छ भन्ने देखाएको छ । पोतो भएका विरामीहरु हिटर अथवा आगो अगाडि बस्यो भने तातोले रगतका नसाहरु फुल्न सक्दछन् । जसलाई ब्यासोडाइलेसन भनिन्छ । त्यही कारणले गर्दा पोतो धेरै रातो अथवा बढी कालो देखिने सम्भावना हुन्छ । त्यसैले लामो समयसम्म आगो अथवा हिटरको अगाडि बस्नु उपयुक्त हुँदैन ।
हटस्टिम अथवा बाफ लिनु उपयुक्त हुँदैन, चाँया पोतोका विरामीहरुको लागि तातोले गर्दा पोतो बढ्न सक्ने भएकाले हटस्टिम अथवा तातो बाफले पनि पोतोलाई बढाउन सक्दछ । स्टेरोइट भएका मलमहरु आफैं जथाभावी लगाउनु हुँदैन । हामीले कसैले भनेको भरमा कुनै मलमले छिट्टै चाँयापोतो सफा हुन्छ भन्ने विश्वास ग¥यौं भने र मेलाकेयर स्क्रिन लाइटजस्ता मलमहरु आफैं जथाभावी लगायौं भने मलम लगाउने बानी नै पर्न सक्छ जसले गर्दा छाला बिग्रिन सक्छ । यस्ता मलमहरुले छालालाई पातलो बनाउने, रातो बनाउने अवथा पोल्ने र सेन्सेटिभ बनाउने गर्छ ।
पछी गएर छाला बिग्रिसकेको हुन्छ । डाक्टरले दिएको औषधी र मलम पनि उक्त छालाका लागि सेन्सेटिभ भइदिन्छ । जसका कारण चाँयापोतोको उपचार गर्न झन चुनौति थपिने गर्छ । सनस्क्रिन पनि कम लगाउने अथवा मन लागेको दिनमा मात्रै लगाउने गर्नु हुँदैन । चाँया पोतोको लागि सबै भन्दा महत्वपूर्ण उपचार भनेकै घामबाट जोगिनु हो । जसका लागि सनस्क्रिन अत्यन्तै आवश्यक छ । सनस्क्रिन लिदाखेरि त्यो सनस्क्रिन प्रर्याप्त एसपिएफ भएको हुनुपर्छ । लगाउँदाखेरि प्रयाप्त मात्रा पुग्नुपर्छ ।
यदि चाँयापोतोका विरामीहरुले कुनै उपचारहरु गरिरहनु भएको छ भने त्यस्ता विरामी घामबाट बच्न अझ आवश्यक हुन्छ । हामीले कुनै उपचार ग¥र्यो भने त्यो बेला घामले हाम्रो छालालाई असर गर्ने सम्भावना अझै बढ्छ । औषधी लगाएको बेलामा सनस्क्रिन लगाएन् र घाममा निस्कियो भने त्यसले उल्टो असर पनि गर्न सक्छ । मलममा भएको केमिकल्सहरु घामसँग प्रतिक्रया गरेर पोतो झन बढने सम्भावना हुन्छ ।
डक्टरले सिफारिस गरेको मलम लगाउन आफंै छोड्नु हुँदैन । कतिपय मानिसहरुले पोतो अलिकति कम भयो अथवा औषधीले काम नै गरेन भने औषधी र मलमको प्रयोग छाडिदिन्छन् । औषधी प्रयोग र बन्द गर्ने बेलामा पनि डाक्टरको उचित परामर्श लिन आवश्यक हुन्छ । चाँयापोतो एक पटक सन्चो भएपछि फेरि आउँदैन भन्ने सोच्नु हुँदैन । पोतोका लागि जुन सुकै उपचार गरेपनि पोतो फर्कने सम्भवना जहिले पनि रहन्छ । त्यसैले पोतो फर्किन नदिन डाक्टरको सल्लाह अनुसार औषधी, क्रिम अथवा मलमहरुको नियमित प्रयोग गर्ने बानी बसाल्नुृ पर्छ । पोतो भएका विरामीहरुमा यदि डण्डिफोर छ भने पहिला डण्डिफोरको पनि उपचार गर्न जरुरी हुन्छ ।