Logo

कोशी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं,२३ जेठ । कोशी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाको आजको बैठकमा सभामुख बाबुराम गौतमले बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका छन् ।

आजको बैठकमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले महालेखाको प्रतिवेदन प्रदेशसभामा पेस गरेका थिए ।

प्रतिवेदन प्रदेश सभामा पेस भएपछि अर्को बैठक अनिश्चितकालको लागि स्थगित भएको सभामुख बाबुराम गौतमले प्रदेश सभालाई जानकारी गराएका थिए । प्रदेशसभाको बैठक अनिश्चित भएसँगै बजेट, नीति तथा कार्यक्रम नै अन्यौलता पर्ने देखिएको छ । ढिलोमा प्रदेशले असार १ गतेसम्म बजेट ल्याइसक्नु पर्ने कानूनी प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्