Logo

नक्कली शरणार्थी प्रकरणः इजलासमा उच्चारण भयो आरजु, मञ्जु, ओलीदेखि प्रचण्डसम्मको नाम



काठमाडौं, २३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस चलिरहेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको अभियमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकराज पाण्डे, हज समितिका अध्यक्ष शमशेर मिँया लगायतका हाई प्रोफाइलहरु पक्राउ परिसकेका छन् । उनीहरुको बयान सकिएर गत आईतबारदेखि थुनछेक बहस सुरु भएको हो ।

जाहेरीकर्ताको तर्फबाट बहस गरेका अधिवक्ता स्वागत नेपालले आरोपितहरुले नाम पोलेकाहरुको पनि बयान लिइनुपर्ने माग इजलाससमक्ष राखेका थिए । जाहेरीकर्ताले नाम पोलेको भरमा कोही मुद्दा चलेर थुनामा बस्नु पर्ने र कसैले उन्मुक्ति पाउनुले अन्याय भएको उनले बताए ।

आरोपितहरुले बयानका क्रममा नाम लिएका एमाले अध्यक्ष केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा. अजयक्रान्ति शाक्य, तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बालद’ कि पन्ती नैनकला थापा, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवं कांग्रेस नेतृ डा.आरजु राणा देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम पोलेकाले उनीहरुको पनि बयान लिनुपर्ने अधिवक्ता नेपालले अडान लिएका हुन् ।

‘फौजदारी कार्यविधि संहिताको दफा ९९ अनुसार प्रचण्ड, ओली, मञ्जु खाँण आरजु राण सबैलाई समाउनु पर्छ । यिनीहरुलाई अभियोग नलगाउने सरकारी अधिकारीलाई पनि कारबाही गर्ने व्यवस्था त्यो दफामा छ । त्यसलाई आज हामीले विशेष रुपमा इजलासमा राखेका छौं,’– रिपोर्टर्स नेपालसँग कुराकानी गर्दै अधिवक्ता नेपालले भने ।

 

 

 



प्रतिक्रिया दिनुहोस्