Logo

प्रचण्डले भारतमा सबैभन्दा धेरै सम्मान पाएको भन्दै गाईजात्रे तारिफ गरेः राजनीतिक विश्लेषक रायमाझी



काठमाडौं, २४ जेठ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएर मोदीको शरणमा लम्पसार परेको टिप्पणी गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा विश्वभक्त धार्मिक अभियन्ताहरुले आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सात वटा विषयमा भन्दा अन्य विषयमा पनि सहमति र समझदारी बनेको दाबी गरे । गोप्य राखिएको समझदारी र सहमति तत्काल सार्वजनिक गर्नुपर्ने समेत उनको माग छ ।

‘प्रधानमन्त्री भारतमा गएर लम्पसार पर्नु भएको छ । सात वटा सहमति र समझदारी भएको छ त्यो त देखिएको मात्रै हुन् त्यो भन्दा बाहेक के कस्ता गोप्य सहमति भएका छन् त्यो पनि सार्वजनिक हुनुपर्यो । नेपालको राष्ट्रियताका लागि खतरा हुनसक्छ,’– उनले भने ।

भारत भ्रमणका क्रममा आफूले सबैभन्दा बढी सम्मान पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले गाईजात्रे तारिफ गरेको उनको टिप्पणी छ । प्रचण्डले भारतको तारिफ गर्नुका पछाडि धेरै रहस्य लुकेको हुनसक्ने उनले आशंका व्यक्त गरे ।

अहिलेको संसद संसद्जस्तो पनि नभएको उनले बताए । चाटुकार र केही व्यापारिक घरानाका व्यक्तिलाई पोस्ने गरी बजेट आएको उनको टिप्पणी छ । संसद्को सबैभन्दा धेरै समर्थन भएको प्रधानमन्त्रीको भारत भ्रमण उद्देश्यविहीन भएको उनको आरोप छ । भ्रमणमा प्रधानमन्त्री प्रचण्डले आतंकवादीइ चरित्र प्रस्तुत गरेको रायमाझीले बताए ।

साथै, नक्कली भुटानी शरणार्थी प्रकरणमा शरणार्थी बनाउने र बन्न चाहने दुवै पक्षलाई कारबाही हुनुपर्ने उनको माग छ । उनीहरुको नागरिकता खोरेजीको समेत रायमाझीले माग गरेका छन् ।
‘पैसाको लागि नेपालीले नेपालीलाई नै भुटानी शरणार्थी बनाएको छ । टिनमुनि बसेका र विपत्तिबाट आएकाहरुको नाममा नेपालीले आफ्नो पहिचान मेटेर जान तयार हुन्छन् भने तिनीहरुमाथि पनि कारबाही हुन पर्छ कि पर्दैन ?’ उनले प्श्न गरे ।

प्रधानमन्त्री प्रचण्डले शरणार्थी शिविरमासमेत राजनीति सूरु गरेको उनले आरोप लगाए । चार हजारभन्दा धेरै नक्कली शरणार्थी तेस्रो मुलुकमा पुगेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्