Logo

सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन माग गर्दै आन्दोलनरत पक्षसँग भेटे गृहमन्त्री श्रेष्ठले



काठमाडौं, २४ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्साको सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउने अभियानमा आन्दोलनरत अभियन्ताहरुलाई भेटेका छन् । आज (बुधबार) धर्नास्थल माईतिघरमा पुगेर गृहमन्त्री श्रेष्ठले अभियान्ताहरुसँग भेटवार्ता गरेका हुन् । अभियन्ताहरु वीरगञ्जबाट काठमाडौंसम्म पैदल नै हिडेर आन्दोलनका लागि आएका थिए ।

उनीहरुले बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदुषणमुक्त बनाउन माग गरेका छन् । अभियन्ताहरुले सिंहदरबारका लागि सिर्सिया नदीको प्रदुषणयुक्त पानी उपहार ल्याइदिएका थिए । Photo By: Mukunda Kalikote/Reporters Nepal 

 

 



प्रतिक्रिया दिनुहोस्