Logo

सरकारलाई कान्छी सांसद डाँगीको प्रश्न : बागमती नदिको नाममा अझै कति राजनीति गर्ने ?



काठमाडौं,२५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले बागमती र अन्य नदिको नाममा राजनीति नर्गन आग्रह गरेकी छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले नदि र सांस्कृतिक सभ्यतालाई जोडेर अझै कति राजनीति गर्ने हो भन्दै प्रश्नसमेत गरेकी छन् ।

रास्वपाकी संसदीय दलकी सचेतकसमेत रहेकी  डँगीले भनिन्  ‘सभामुख महोदय, बागमती र अन्य नदीको नाममा अझ कति वर्षसम्म राजनीति अनि पैसा बगाउने काम हुन्छ यो देशमा  बाग्मतीलगायत अन्य नदी सहरको दुर्दशा मात्र होइन, काठमाडौं उपत्यकावासीको साझा अनुहार हो ।अझ म त भन्छु, यसले नेपाली राजनीति कै अनुहार चित्रण गर्छ । जसलाई संग्लो बनाउन निकै कठिन छ इमानदारिता नभएर । पशुपति क्षेत्रलगायत वाग्मती नदीको दुर्दशा बदल्ने भनेर हालसम्म झन्डै २२ अर्ब पैसा बागमतीमा बगिसकेको छ। आश्चर्यको कुरा त, एकातिर नदी सफाइमा वर्सेनी २ अर्बभन्दा बढी खर्च गरिन्छ । तर खोलानाला जस्ताको तस्तै देख्छु म ।खानेपानी ऐनले मलमूत्र खोलामा मिसाए तीन महिनादेखि १ वर्षसम्म कैद र पाँच लाखसम्मको जरिवानाको व्यवस्था गरेको छ। यो दण्ड जरिवानाको भागिदार को हो ? ढल व्यवस्थापनको जिम्मा लिएका स्थानीय तह, अधिकार सम्पन्न वाग्मती सभ्यता, एकीकृत विकास समिति कि, स्वयम् स्थानीय ? गुह्येश्वरी, सल्लाघारी, कोड्कु, सुन्दरी घाट, खोकनामा बनाउने भनिएको ढल प्रशोधन केन्द्र, गुह्वेश्वरीबाहेकको वित्तीय र भौतिक प्रगति हेर्दा डिप्रेसनको सिकार हुने अवस्था छ। त्यसैले सभामुखमार्फत सम्पूर्ण निकायको ध्यानाकर्षण गर्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्