Logo

तराईका विद्यालयमा जस्तापाता प्रतिस्थापन गरेर छाना ढलान गर्न कांग्रेस सांसद चौधरीको माग



काठमाडौं,२५ जेठ । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले केहिदिन देखि निरन्तर बढ्दै गइरहेको गर्मीले तराई क्षेत्रको जनजीवन अत्यन्तै कष्टकर बनेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा सांसद चौधरीले दिन प्रतिदिन ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको भन्दै तराईका विद्यार्थीहरू समस्यामा परेकोप्रति सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

उनले तराईका अधिकांश जिल्लामा जस्तापाताले विद्यालयको छाना बनाइएको भन्दै त्यसलाई प्रतिस्थापन गरेर छाना ढलान गर्न माग गरे ।

उनले विद्यालयको छाना ढलान नभएसम्म त्यहाँको विद्यालयहरुमा प्रयाप्त मात्रामा फ्यानको व्यवस्था गर्न माग गरे ।



प्रतिक्रिया दिनुहोस्