Logo

एमाले कोशी प्रदेश संसदीय दलका उपनेतामाथि इलाममा दुर्व्यवहार



काठमाडौं,२५ जेठ । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका उपनेता राम रानामगर माथि इलाममा अभद्र व्यवहार भएको छ ।

कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएको पहिचानवादीहरुको समूहले रानामाथि इलाममा अभद्र व्यवहार गरेका हुन् ।

इलामबाट विराटनगर तर्फ आउने क्रममा बाटोमा मुढा तेर्स्याएर उनी चढेको गाडी रोकेर रानालाई लक्षित गरी मोबिल प्रहार गरेका हुन् । इलामको इलाम नगरपालिका वडा नम्बर ११ सोयाक भन्ज्याङमा भेला भएर बसेका ४-५ जनाको समूहले बाटोमा मुढा तेर्स्याएर उनलाई लक्षित गरी अभद्र व्यवहार गरेका हुन् ।

यसअघि पनि उनलाई आक्रमणको प्रयास भएको थियो । यसैबीच कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारमाथि पनि उदयपुरमा आज आक्रमणको प्रयाश भएको छ । पहिचानकादीहरुको समूहले दनुवार र त्रियुगा नगरपालिकाकी उपमेयर माथि आक्रमणको प्रयास गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्