काठमाडौं, २५ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश भ्रष्टाचारको दलदलमा फसिसकेको टिप्पणी गरेका छन् । नेसपाको आज (बिहीबार) बाट सुरू भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष भट्टराईले देशमा भ्रष्टाचार नगर्ने कोही छ भनेर सिलो खोज्ने बेला आएको टिप्पणी गरेका हुन् ।
‘भ्रष्टाचारी कोही छ भनेर खोज्नु भन्दा पनि भ्रष्टाचार नगर्ने कोही छ भनेर सिलो खोज्नुपर्ने बेला भएको छ । यसलाई अन्त्य गरेर देशलाई सुशासन दिने र देशको स्रोत साधनको उचित प्रयोग गरेर सबैका निम्ति लोकतन्त्र र सबैका निम्ति समृद्धि प्राप्त गर्ने लक्ष्यसहित हामीले पार्टीको सुरुवात गरेका हौं,’– उनले भने ।