Logo

राजनीतिबारे चिन्तित माधव नेपाल, भन्छन् : बिना पैसा कुनै काम हुँदैन



काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढेको बताउँदै पैसा बिना केही काम नहुने बताएका छन्।

शुक्रबार समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनमा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेको बताउँदै पैसा बिना केही काम नहुने बताएका हुन्।

उनले भने,‘अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नाङ्गो रूप आएको छ। भूटानी शरणार्थी प्रकरण होस् या कुनैपनि कामहरू बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरू होस्, गलत प्रवृत्तिको विरुद्धमा जुध्नुपर्नेछ।’

अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को भ्रष्टाचार प्रवृत्ति देखिएको र पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको उनले दाबी गरे।

उनले भने, ‘बिना पैसाको कुनै काम नहुने पैसामा लोभिने, जनतालाई पीडा दिने र शोसक सामन्त, जाली फटाहाहरु अझै दलाल पुँजीहरु हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ, यसलाई परिवर्तन गर्न चाहन्छौँ।’



प्रतिक्रिया दिनुहोस्