Logo

हामी एक भए मात्र अग्रजले दिएको जिम्मेवारी पूरा गर्न सक्छौँ : कोइराला



काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले हामी एकभए मात्र अग्रजहरूले दिएको जिम्मेवारी पूरा गर्न सक्ने बताएका छन्।

डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को ११औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता कोइरालाले आफूहरू एकभए मात्र अग्रजहरूले दिएको जिम्मेवारी पूरा गर्न सक्ने बताएका हुन्।

उनले भने,‘अझै पनि कैयन लोकतन्त्रवादी योद्धाहरु लोकतान्त्रिक आन्दोलनले बाटो बिरायो की भनी चिन्तग्रस्त भएर हामीसँग रुष्ट पनि हुनुहुन्छ होला, हामीसँग मन कुडिएको होला। आज फेरी नेपालको लोकतान्त्रिक आन्दोलनलाई मुलुकको मुख्य राजनीतिक भावधारासँग जोड्न हामी एकाकार हुनुपरेको छ, हामी एक भएर मात्र हाम्रा अग्रजहरुले हामीलाई दिएको जिम्मेवारी पूरा गर्न सक्छौँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot