काठमाडौं, २६ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशका ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका छन्।
शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका हुन्।
उनले भने, ‘अहिले पनि देशभर हाम्रो समर्थक हुनुहुन्छ। संघीयता चाहिँदैन। प्रदेश खारेज गर्नुपर्छ। यो व्यवस्थाले देशलाई फाइदा गर्दैन भन्नेमा ठूलो जनमत छ। जनमतसंग्रह गर्ने हो भने ७० प्रतिशत मान्छे हाम्रो पक्षमा छन्। तर, यो मुद्दा बोक्ने पार्टीलाई सोचे जस्तो मत आएको छैन। त्यसबारे हामीले गम्भीर समीक्षा गर्नुपर्छ।’