Logo

सरकार टिकाउन फैसलाको मसी सुक्न नपाउँदै आम माफी दिइयोः शेखर कोइराला



काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा दण्डहीनताले प्रश्रय पाएको भन्दै दुःख व्यक्त गरेका छन् । आज (शनिबार) नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले तीन वटै अदालतले दोषी करार गरेको टीकापुर घटनाका रेशम चौधरीलाई सरकारले आम माफी दिनुले मुलुकमा दण्डहीनता बढेको महशुस भएको बताएका हुन् । सर्वोच्चले दोषी करार गरेको मसी पनि सुक्न नपाउँदै आम माफी दिनुले लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको उनको भनाई छ ।

‘हामी कहाँ दण्डहीनता पनि बढ्दै गएको चिन्ता मलाई लागिरहेको छ । अहिले भर्खरै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले मसी सुक्नै नपाउँदै माफी दिनुभयो । हामीजस्ताले त्यसलाई कसरी हेर्ने ?’ प्रश्न गर्दै उनले भने, ‘यी कुराहरु भोलिका दिनमा अत्यन्त गम्भीर हुन्छन् । सरकार टिकाउनका लागि यी कुरा गर्दा लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ ।’ File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot