Logo

प्रधानमन्त्रीमाथि खनिए ओली, भन्छन् : भारत जाँदा दुईवटा नदी कौडीको मोलमा भारतलाई दिए



काठमाडौं, २७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा दुईवटा नदी कौडीको मोलमा भारतलाई दिएको आरोप लगाएका छन्।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड भारत जाँदा दुईवटा नदी कौडीको मोलमा भारतलाई दिएको भन्दै आरोप लगाएका हुन्।

उनले भने, ‘भारत भ्रमणमा के गरेर आउनु भयो त? दुई वटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ। जमाइएको पानी हाम्रो हो। त्यसबाट निस्किएको पानी हाम्रो अधिकारको कुरा हो। त्यत्रो बाँध बाँधेर बनाएको आयोजनाबाट २१ प्रतिशत बिजुली लिएका छौं, भने तल्लो सित्तैमा पाएको पानीमा पनि २१ प्रतिशत पाएका छौं।’

यस्तै, उनले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणमा रहँदा चुइँक्क बोल्न नसकेको रूस-युक्रेन युद्धले हो भन्दै प्रश्न गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot