Logo

गणतन्त्रमा बोल्नमात्र होइन, जथावाभी बोल्न पाएका छन्ः केपी ओली



काठमाडौं, २७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अहिलेको व्यवस्था आउनमा भएको बलिदानी र संघर्ष अहिलेका युवाहरुले बुझ्ने कोशिस नगरेको भन्दै आपत्ति जनाएका छन् । नेपाल निजामति कार्मचारी संगठनको दोस्रो महिला भेला समुद्घाटन समारोहलाई सम्बोधन गदैउनले युवाहरुले संघीय लोकतान्त्रिक गणतन्त्र कसैले किस्तीमा राखेर त्यत्तिकै दिएको जस्तो गरेको बताएका हुन् ।

‘आज केही युवाहरु बहकाइएका छन् । केही बहकिएका पनि छन् । आजको संघीय लोकतान्त्रिक गणतन्त्र यतिकै आयो कि, आकाशबाट खस्यो कि, कसैले किस्तीमा राखेर दियो कि जस्तो मान्छन्,’– उनले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र अनवरत संघर्षको परिणाम भएको उनको दाबी छ । आजको बोल्न पाउने अवस्थाको जग नै आफूहरुले गरेको संघर्ष भएको उनको दाबी छ ।

‘आज बोल्न पाएको, बोल्नमात्र होइन जथाभावी बोल्न पाएका छन् । जथाभावी बोल्नु ठीक होइन त्यो आफ्नो ठाउँमा छ । पाएका छन्, बोलेका छन् । त्यस्तो अवस्था पनि कसरी आयो भने बलिदानपूर्ण संघर्षबाट आयो,’– उनले भने ।  File Photo/Reporters Nepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot