Logo

हाम्रा माग पूरा भएका छैनन्, आन्दोलन गर्न आवश्यक छ : अध्यक्ष राउत



काठमाडौं, २७ जेठ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका छन्।

शनिबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका हुन्।

उनले भने, ‘हाम्रो कुनै माग पुरा भएको छैन, अहिले नागरिकताको समस्या समाधान भएको भनिन्छ तर त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन भने ठेगान छैन। त्यसैले आन्दोलन गर्न आवश्यक छ।’

यस्तै, उनले अरू पार्टीले एउटा मन्त्रालय पाउने वितिक्कै त्यो पार्टीका अध्यक्ष नै सरकारमा जान तँछाडमछाड गर्ने तर आफूले भने अरूलाई पठाएको बताए। उनले आफ्ना लागि पद र पैसा ठूलो नरहेको दाबी गरे।



प्रतिक्रिया दिनुहोस्