Logo

प्रधानमन्त्री प्रचण्डलाई रावलको प्रश्नः ‘पशुपतिनाथको दर्शन गर्न पनि विदेशीकै इसारा पर्खिनु पर्ने ?’



काठमाडौं, २८ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको इसारामा पशुपतिनाथको दर्शन गरेको आरोप लगाएका छन् ।

गत जेठ १७ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गरेका प्रधानमन्त्री प्रचण्डले भारतको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पुजा आरधना गरेपछि उनको आलोचना भएको थियो । साथै प्रधानमन्त्री प्रचण्डले हिजो पशुपतिनाथको दर्शन र पुजा आरधना गरेका छन् । प्रधानमन्त्री प्रचण्ड सूरु भएको आध्यात्मिक चेतलाई लिएर उनले २०५२ सालदेखि नै आउन पर्ने परिवर्तन अहिले आएको व्यङ्ग्य गरेका हुन् ।

‘प्रम प्रचण्डले मन्त्रीहरू सहित पशुपतिनाथको दर्शन गर्नुभएछ।यस्तो चिन्तन उहाँमा २०५२ साल तिर आएको भए राष्ट्रिय राजनीतिको स्वरूप कस्तो हुन्थ्यो होला ? प्रमले प्रचण्डले भारतको इन्दौरमा गेरू बस्त्र लगाई पूजा गरेपछि भारतीय प्रमंले प्रचण्डलाई अध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने भन्नुभएको थियो ! अब पशुपतिनाथको दर्शन गर्न पनि विदेशीकै इसारा पर्खिनु पर्ने !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्