Logo

सामन्तकालमा राज्यको चरित्र दमनकारी थियो, लोकतन्त्रमा लुटकारी छः प्रभु साह



काठमाडौं, २८ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले राज्यको चरित्र लुटकारी भएको टिप्पणी गरेका छन् । सरकारले किसानले उत्पादन गर्ने आलु, प्याज, कुखुरा र कृषिजन्य उत्पादनमासमेत कर लगाउने नीति ल्याएको भन्दै उनले सामन्तकालमा दमनकारी चरित्र बोकेको राज्य व्यवस्था लोकतन्त्रमा लुटकारी बनेको टिप्पणी गरेका हुन् ।

‘लोकतन्त्रमा राज्यको चरित्र सेवाकारी हुनुपर्ने हो । सहयोगी हुनुपर्ने हो । तर, चुस्ने लुट्ने चरित्र देखा परेको छ । एउटा कृषकको घाटा लाग्छ तपाईँ कहिले पनि उभिनुहुन्न । जब उ नाफा गर्छ आलुमा अनि त्यसमा ट्याक्स लगाउनुहुन्छ । एउटा कुखुरा फर्मको दयनीय हालत हुन्छ, उ टाट पल्टिन्छ त्यसबेला राज्य हुँदैन । उसले नाफा गर्छ अनि तपाईँ कुखुरामा ट्याक्स लगाइदिनु हुन्छ । यो चरित्रलाई के भन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘सहयोगी चरित्र भन्छ ? हिजो सामन्त कालमा राज्यको चरित्र दमनकारी थियो भने अहिलेको चरित्र लुटकारी छ । लुट, जति सकिन्छ लुट भनेको जस्तो देखिन्छ ।’ File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्