Logo

के हो ब्लड क्यान्सर ? यस्ता छन् लक्षण र उपचार विधि



सविता सिंह ठकुरी

हाम्रो शरीरको कुनै अंग र तन्तुहरुलाई पोषक तत्व प्रदान गर्नका लागि नशाहरु प्रभावित हुन्छन् । मानिसको शरीरमा लगभग पाँच लिटर रगत हुन्छ । उक्त रगतलाई सञ्चार गर्ने विभिन्न कार्यहरु भएका अरबौं रक्तकोशिकाहरु छन् । जुन जीवनको लागि महत्वपूर्ण छ । मानव शरीरमा तीन प्रकारका रगत हुन्छन् ।

रातो रक्तकोष, सेतो रक्तकोष र बोनम्यारो हुन् । रातो रक्तकोशिका वा एरिथ्रोसाइटहरु ती मध्ये धेरै छन् । तिनीहरुले शरीरको कोशिकाहरुमा अक्सिजन पु¥याउँछन् । सेतो रक्तकोशिकाहरु वा ल्युकोसाइट्स रोगहरुसँग लड्ने क्षमता प्रदान गर्छ ।

थ्रोम्बोसाइट्स भनिने प्लेटलेट्सले शरीरमा रक्त कोशिकाहरु बनाउँदा र चोटपटक लाग्दा रगत रोक्न मद्दत गर्छ । बोनम्यारो हड्डीभित्र पाइन्छ । यी तीनवटै रक्तकोष हड्डिभित्र अथवा बोनम्यारोमा बन्छ । जसका कारण सेतो रक्तकोषिकाको डिएनएमा क्षति पुग्छ । अनि रक्त क्यान्सर विकसित हुन थाल्छ ।

क्यान्सरका सेल बन्न थालेपछि सम्पूर्ण शरीरमा पुग्छ । जसका कारण हेमोग्लोबिन, सेतो रक्तकोष र प्लेटलेट्सको मात्रा अत्यधिक बढ्छ । जसको कारण रगत बाक्लो हुन्छ र रक्तनली बन्द हुन थाल्छ । हेमोग्लोविनले शरीरमा अक्सिजनको मात्रा पुर्याउन सक्दैन, जसका कारण रक्तकोषहरु फुटेर प्लेटलेसहरुले काम नगर्ने हुन्छ । समयमै उचित उपचार नभएमा रक्त क्यान्सरको कारण मानिसको ज्यानै पनि जान सक्छ ।

ब्लड क्यान्सरको लक्षणहरु

– बारम्बार ज्वरो आउनु

-नाक, मुख, दिसा पिसाबमा रगत देखिनु

-शरीरमा रगतको दागहरु बस्नु

– खाना खान मन नलाग्नु र तौल कम हुनु

-बढी थकानको महशुस हुनु

– इन्फेक्सन हुने सम्भावना धेरै हुनु

– घाँटी वा काखीमा गाँठो आउनु

-शरीरमा पसिना धेरै आउनु

-कपाल झर्नु आदि ।

ब्लड क्यान्सरको उपचार

-किमोथेरापी: किमोथेरापी ल्युकेमिया क्यान्सरलाई दिने गरिन्छ । यसमा कुनै दुखाई हँुदैन । किमोथेरापी गर्दा हल्का कपाल झर्ने, थकान महशुस हुने सामान्य नै हो । किमोथेरापी गर्दा विरामीलाई अस्पतालमै राख्नुपर्छ । किमोथेरापी गर्ने विरामीलाई ब्लड, प्लेटलेट्स र एन्टिबायोटिक औषधी दिने गरिन्छ ।

– इम्युथेरापी: यो थेरापी इन्जेक्शन दिएर गरिने थेरापी हो । इम्युथेरापी गर्दा औषधीले क्यान्सरको सेललाई खतम गर्दछ र यसको साइड इफेक्ट धेरै कम हुने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot