Logo

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधी



काठमाडौं, २८ जेठ । अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको छ। भारतलाई पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिपको उपाधी जितेको हो।

सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय ९ रनले विजयी भएको हो। अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनाउन सक्यो।

भारतका विराट कोहलीले ७८ बलमा ७ चौकासहित ४९ रन बनाए। कोहली र अजिंक्या रहाणेले चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए।



प्रतिक्रिया दिनुहोस्