Logo

तपाईँलाई अनार मन पर्छ ? यस्ता छन् दैनिक अनार खानुका फाइदा



सविता सिंह ठकुरी –

काठमाडौं, २९ जेठ । अनारको प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँछ । अनारमा फाइबर, भिटामिन ‘सी’, ‘ए’, ‘के’, फोलिक एसिड र एन्टिअक्सिडेन्ट पाइन्छ । अनार स्वास्थ्यको साथसाथै सौन्दर्यको लागि पनि उत्तिकै उपयोगी हुन्छ । अनारमा सयौं रोगप्रतिरोधात्मक क्षमता हुन्छ । अनारको जुस बनाएर पिउन पनि सकिन्छ । अनार वा अनारको जुस निरन्तर प्रयोग गर्नाले हाम्रो शरीरको विभिन्न अंगहरु स्वस्थ बनाउनुको साथै सुन्दरतामा समेत पाइदा पुर्याउँछ । दैनिक रुपमा अनारको प्रयोग गर्नुका धेरै फाइदाहरु छन् ।

यस्ता छन् अनार खानुका फाइदाहरुः

-शरीरमा रहेको अनावश्यक तौल घटाउन मद्दत गर्छ ।

-मधुमेह रोगीले अनारको जुस खानाले सुगर लेवल बढ्न दिँदैन ।

-अनार वा अनारको जुस खानाले शरीरमा रगतको मात्रा बढ्छ ।

– मुटुलाई स्वस्थ्य बनाउने र हृदयघात जस्तो रोगबाट बचाउँछ ।

-निरन्तर अनारको प्रयोग गर्नाले पाचन प्रणाली र धमनीलाई स्वस्थ्य बनाउँछ ।

-अनारको सेवनले विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । जसरका कारण क्यान्सरको खतरासमेत कम हुन्छ ।

-अनारको जुसको निरन्तर प्रयोगले हाडजोर्नीको समस्यामा राहत मिल्छ ।

– अनारको बोक्रालाई पेस्ट बनाएर लगाउँदा वा अनारको निरन्तर प्रयोगले अनुहार चम्किलो हुनुका साथै स्वस्थ्य बनाउँछ ।

-अनारमा भिटामिन, मिनरल र फ्लोरिक एसिड पाइने हुनाले गर्मी समयमा गर्भवती महिलाहरुको शिशुहरुलाई आहार हुने र रगतको मात्रा बढाउने हुनाले आमा र बच्चाको रक्षाको लागि धेरै लाभदायक हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot