Logo

बजेटमा महत्वपूर्ण कुरा छन्, नयाँ कुरा अगाडि बढाउने कोशिस छ : अर्थमन्त्री डा. महत (भिडिओसहित)



काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा नयाँ महत्वपूर्ण र नयाँ कुरा आएको दाबी गरेका छन्। आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै मन्त्री महतले नयाँ र महत्वपूर्ण कुरा आएको दाबी गरेका हुन्।

‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो, यो विषय मैले बजेट ल्याउने दिनमै भनेको थिए,’ उनले भने, ‘बजेटमा केही महत्वपूर्ण कुरा छन्, नयाँ कुरा अगाडि बढाउन कोसिस गरेको छ।’

उनले बजेटले देशभित्र उत्पादन, रोजगारी बढाउने, विदेश जाने युवालाई स्वदेशमै रोक्नेतर्फ हेरेको बताए। बाँझो जमिन उपयोग, सहकारी, कृषि, पर्यटन, साना उद्योगबाट रोजगारी सिर्जना गर्न सकिने गरी कार्यक्रम केन्द्रित गरिएको उनको दाबी छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot