Logo

सुदूरपश्चिम सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री दाबी गर्दै रेशम बालुवाटारमा



काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । आज (सोमबार) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठसहितको टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नाउपाले सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीको सहमतिलाई स्मरण गराएको छ । पूर्व सहमतिबाट सरकार पछाडि हट्न नमिल्ने उनीहरुको माग छ । प्रधानमन्त्रीसँगको भेटवार्तामा सुदूरपश्चिम प्रदेशको पुनः नामाङ्कन हुनुपर्ने विषयले समेत प्रवेश पाएको छ । भेटमा प्रधानमन्त्रीले पहिचानसहितको प्रदेश नामाङ्कनमा विचार गर्न सकिने वचन दिएको बताइएको छ ।
साथै, नाउपाले मुलुकभर देखा परिरहेको किसानको समस्यालाई बेलैमा सम्बोधन गर्न पनि प्रधानमन्त्रीको ध्यानाकार्षण गराएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot