Logo

साउन १ गतेदेखि लेवल नलागेका आयतित् वस्तु बेच्न नपाइने



काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी साउन १ गतेदेखि आयतित वस्तु बजारमा बेच्नका लागि लेवल अनिवार्य गरिएको बताएका छन् । आज (सोमबार) बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले राजश्व चुहावट र तस्करी रोक्नका लागि आयत भएका वस्तु्मा लेवल अनिवार्य हुनपर्ने व्यवस्था ल्याउन लागेको जानकारी गराएका हुन् ।

‘राजश्व चुहावट र तस्करीलाई नियन्त्रण गर्न हामीले राम्रो व्यवस्था गरेका छौं । २०८० साउन १ गतेदेखि आयत भएका वस्तुमा आयतकर्ता र बजार वितरकले लेवल प्याकेटमा लगाएरमात्रै बजारमा पठाउन पर्ने व्यवस्था गरिएको छ ।’ अर्थमन्त्री महतले भने, ‘जुन चोरी बजारीबाट आउँछ, त्यहाँ त्यो लेवलिङ छैन भने हामीले चोरी बजारीबाट आएको भन्छौं । साउन १ गतेदेखि यो लागू हुन्छ । यसले चाहिँ चोरी पैठारीबाट राजश्व चुहावट हुने कुरालाई बन्देज लगाउँछ ।’



प्रतिक्रिया दिनुहोस्