Logo

‘अखण्ड भारत’ को नक्सामा नेपालले विरोध जनाउन पर्छः झलनाथ खनाल



काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले देशको राष्ट्रियता संकटमा रहेको बताएका छन् । आज (सोमबार) पार्टीनिकट समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांस्कृतिक नक्साको नाममा भारतले नेपालको राष्ट्रियतामाथि प्रहार गरेको बताएका हुन् ।

‘यतिबेला हामी देखिरहेका छौं, हाम्रो देशको राष्ट्रियता संकटमा छ । हामी देखिरहेका छौं भारतको संसद्मा मोरल नक्साको रुपमा एउटा नक्सा छापिएको छ । त्यसको बारेमा दक्षिण एसिया भरिमा विरोध भइरहेको छ । हाम्रो देशले पनि यसमा आपत्ति जनाउन पर्छ । यस्ता कुराको भण्डाफोर गर्नपर्छ,’– उनले भने । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्