Logo

प्रधानमन्त्री प्रचण्डले गराए स्वास्थ्य जाँच



काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य जाँच गराएका छन् । प्रचण्ड पत्नी सीता दाहालको नियमित स्वास्थ्य परीक्षणका क्रममा नर्भिक अस्पतालमा पुगेका प्रचण्डले आफ्नो पनि स्वास्थ्य जाँच गराएका हुन् । प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी गराएअनुसार प्रचण्डका नीजि चिकित्सक प्रा.डा.युवराज शर्मा तथा नर्भिक हस्पिटलका वरिष्ठ डाक्टरहरुले उनको स्वास्थ्य जाँच गरेका हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्