Logo

पाकिस्तानी सडक दुर्घटना : १३ को मृत्यु, ४१ घाइते



एजेन्सी । पाकिस्तानमा सोमबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य ४१ जना घाइते भएका छन्।

पाकिस्तान नियन्त्रित काश्मिरको कोटली जिल्लामा सोमबार बिहान एउटा बस गहिरो खाल्डोमा खस्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको गुजरानवाला शहरमा नायरियन क्षेत्रमा आयोजित धार्मिक समारोहमा भाग लिएर फर्कंदै गरेको बसमा करिब ३५ जना यात्रु सवार रहेको बताइएको छ।

यसैगरी, पञ्जाबको शेखुपुरा जिल्लामा सोमबार बिहान शेखुपुरा राजमार्गतर्फ मोडिने क्रममा तीव्र गतिका कारण बस पल्टिँदा चार जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएका छन्।

उद्धारकर्ताहरू दुई दुर्घटना स्थलमा पुगेका छन् र पीडितहरूलाई स्थानीय अस्पतालहरूमा स्थानान्तरण गरिएको उद्धार सेवाले जनाएको छ। रासस



प्रतिक्रिया दिनुहोस्