काठमाडौं, ३० जेठ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको थुनछेक बहस सुरु भएको छ । प्रतिवादीका तर्फबाट बहसका लागि छुट्याइएको समयको अन्तिम दिन खाँणका वकिलहरुले बहस सुरु गरेका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये खाँणसहित ६ जनाको प्रतिरक्षा बहस बाँकी नै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा थुनछेक बहस भइरहेको छ ।
भर्खरे सुरु भएको प्रतिरक्षा बहसका लागि खाँणको पक्षबाट पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती,वरिष्ठ अधिवक्ता शेरबहादुर केसी,महादेव यादव लगायतले बहस गर्नेछन् ।
आजसम्म प्रतिरक्षा बहस सकेर भोलि फैसला सुनाउने तयारी न्यायाधीश न्यौपोको रहेको छ ।
यस प्रकरणमा पूर्व गृहमन्त्री खाँणसहित,पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्व सांसद आङटावा शेर्पा,नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल,नेपाल हज समितिका अध्यक्ष शमशेर मिँया लगायत १८ जना प्रहरीको हिरासतमा छन् भने अझै एक दर्जन भन्दा बढि फरार रहेका छन् । File Photo/Reporters Nepal