Logo

नागरिकता विधेयकविरूद्धको रिट हेर्न नभ्याइने



काठमाडौं, ३० जेठ । नागरकिता विधेयकविरूद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ।

आज(मंगलबार)का लागि पेशी तोकिएको उक्त रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो।

दिउँसो खाजापछि हेर्न भनिएको उक्त रिट अन्य दुईटा मुद्दाहरू हेर्न बाँकी रहेकोले हेर्न नभ्याइनेमा राखिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो।



प्रतिक्रिया दिनुहोस्