Logo

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता प्रहरी नियन्त्रणमा



काठमाडौं, ३१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रदर्शनमा उत्रिएका नेपाल क्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (बुधबार) व्यानर र पम्प्लेटसहित नाराबाजी गर्दै माईतीघरबाट काठमाडौं जिल्ला अदालत पुगेका उनीहरुलाई प्रहरीले धरपकड गरी गिरफ्तार गरेको हो ।

प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot