Logo

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणमाथि अभियोग लगाउनेलाई नै कारबाहीको माग



काठमाडौं, ३१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस जारी रहेको छ । हिजो (मंगलबार) र आज पूर्वगृहमन्त्री बालकृष्ण खाँणका वकिलहरुले प्रतिरक्षा बसह गरेका छन् । खाँणको प्रतिरक्षामा बसह गरेका पूर्वन्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता खम्ब खातीले खाँण निर्दोष रहेको जिकिर गरे ।

खाँणलाई लगाइएको अभियोग नै हावादारी रहेको उनले बताए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी रहेको थुनछेक बहसमा उनले अभियोगमा कसलाई रकम दिएको भन्नेसमेत प्रष्ट नखुलेको र खाँणबाट कोही पनि पीडित नभएको उनले जिकिर लिए ।

साथै उनले निर्दोष खाँणमाथि अभियोग लगाउनेमाथि नै कारबाहीको मागसमेत गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot