Logo

नेशनल प्याब्सन काठमाडौंको आयोजनामा निःशुल्क स्कुल लिडर तालिम सञ्चालन हुने



काठमाडौं, ३१ जेठ । नेशनल प्याब्सन काठमाडौ जिल्ला समितिको आयोजना र नेशनल प्याब्सन टोखा नगर समितिको संयोजनमा ‘SCHOOL LEADERS SYMPOSIUM’  हुने भएको छ ।  आगामी असाढ २ गते विहान १० बजेदेखि लालितपुरस्थित एकेडेमी अफ कोलिनरी आर्ट हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा गोष्ठी हुने छ ।

गोष्ठीमा नेशनल प्याब्सन काठमाडौ जिल्ला समितिले सदस्य विद्यालयहरूले आ–आफ्नो विद्यालयबाट सस्थापक, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, निर्देशकमध्ये  २ जना को नाम नेशनल प्याब्सन टोखा नगर समितिमा दर्ता गराउनु पर्ने छ ।

कार्यक्रममा सहभागिताका लागि कुनै शुल्क लाग्ने छैन । साथै सहभागीहरुलाई निःशुल्क लाईभ परम्परागत खाजाकोसमेत व्यवस्था गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot