Logo

माओवादी केन्द्रले मुद्दा फिर्ता लिन भन्दै बाल लडाकुलाई धम्क्याएको एमाले नेता बास्कोटाको आरोप



काठमाडौं ३१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुलप्रसाद बास्कोटाले नेकपा (माओवादी केन्द्र) का नेताहरुले बाल लडाकुलाई मुद्दा फिर्ता लिन धम्की दिइरहेको आरोप लगाएका छन् । १० वर्षे सशस्त्र द्वन्द्वमा बालसैन्य प्रयोग भएको र माओवादी शान्ति प्रक्रियामा आएपछि पनि आफूहरुले न्याय नपाएको भन्दै पूर्वबाल लडाकु लेलिन विष्टले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले दायर गरेको मुद्दामा सर्वोच्चले हिजो कारण देखाउ आदेश जारी गरिसकेको छ ।

‘बाल लडाकुले सर्बोच्चमा मुद्दा हालेपछि अहिले मुद्दा किन हालेको भनेर पछि हट्न फकाउने र नमाने धम्काउने गर्न थालेको गुनासो मुद्दा हाल्नेहरुले गर्न थालेका छन। त्यसो नगरेकै राम्रो हो। ऊनीहरुले आफ्नो कानुनी हक खोजेका न हुन कसैमाथि धावा बोलेर युद्द घोषणा गरेका त हैनन नि,’– बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot