Logo

इप्पानको अध्यक्षमा कार्कीसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित



काठमाडौं, ३१ जेठ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्कीसहित सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । इप्पानको नेतृत्व चयनका लागि भोलि (जेठ ३२ गते) मतदानको तयारी रहेपनि अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको उम्मेदवारी खारेज भएपछि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी, उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भए । महासचिवमा बलराम खतिवडा निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिवमा प्रकाशचन्द्र दुलाल चयन भएका छन् ।

त्यसैगरी सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् । इप्पानको कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त, महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध चयन भएका छन् । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot