Logo

गुजरातमा बढ्यो हावाको गति, ७४ हजार मानिसको उद्धार



भारत । गुजरातमा हावाको गति बढ्दा ६ जिल्लामा बाढी र वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ। मौसमा महाशाखाका अनुसार अपरान्ह ४:३० बजे जखाउ बन्दरगाहमा ठोक्किने अनुमान गरिएको छ।

राज्य प्रशासनले सावधानीका रुपमा तटीय क्षेत्रमा बसोबास गर्ने ७४ हजारभन्दा बढी मानिसलाई रुपान्तरण गरी उद्धार र राहतका लागि विपद् व्यवस्थापन इकाइ परिचालन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिहीबार गुजरातको सौराष्ट्र र कच्छलगायत आठ जिल्लामा चक्रवातको बारेमा रेड अलर्ट जारी गरिएको थियो। सन् २०२१ को मे महिनामा आएका ‘टाउटे’ चक्रवातपछि दुई वर्षभित्र राज्यमा प्रहार गर्ने यो दोस्रो चक्रवात हुनेछ।

भारतिय मौसम विभाग (आईएमडी) का अनुसार चक्रवात ‘विपरजोय’ बिहीबार साँझ १५० किलोमिटर प्रतिघण्टा हावाको गतिमा रहँदै ‘अत्यन्त गम्भिर चक्रवाती आँधी’का रुपमा जाखौ बन्दरगाहमा पुग्ने छ।

गुजरात सरकारले आठ तटीय जिल्लामा कुल ७४ हजार ३४५ जनालाई अस्थायी आश्रय स्थलमा लगिएको जनाएको छ।

गुजरात मुख्यमन्त्री भूपेन्द्र पटेल बुधबार राति गान्धिनगरको आपतकालिन अपरेशन सेन्टर पुगेर समग्र स्थिती र प्रशासनले हालसम्म उठाएका कदमहरूको समीक्षा गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot