Logo

सरकारी सम्पत्तिमा फेरि चलखेलको आशंका, स्वर्णिमले भने ‘अर्को ललिता निवास काण्ड नदोहोरियोस्’



काठमाडौं, ३२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सम्पत्ति संरक्षण्मा चुनौति थपिएको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिष्ठानको नाममा मधेशमा एक सय ४७ विघा र पहाडमा चार सय ५२ रोपनी जग्गामा पुनः अर्को ललिता निवास काण्ड दोहोरिन सक्ने खतरा रहेको बताएका हुन् ।

‘सार्वजनिक संस्थाहरुको क्षयीकरणकै विषयमा २००९ सालदेखि कर्माचारीलाई तालिम दिँदै आएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पदपूर्ति नगर्ने, प्रतिष्ठानको काम मन्त्रालय आफैंले गर्ने ।’ उनले भने, ‘मधेशमा एक सय ४७ विघा र पहाडमा चार सय ५२ रोपनी जग्गा रहेको यो संस्थाको सम्पत्ति पनि जर्गेना गर्नुपर्ने चुनौति देखिएको छ । अर्को ललिता निवास काण्ड नदोहोरियोस् ।’ File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot