Logo

नक्कली शरणार्थी प्रकरणमा पनि जोडिए अमेरिकी नागरिक ठगी गर्ने पृथ्वी



काठमाडौं, ३२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी धन्दामा संलग्न पृथ्वीबहादुर शाहको नाम जोडिएको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको अन्तराष्ट्रिय छवि धुमिल्याउने शाहको नाम पनि यस प्रकरणमा जोडिएकाले उचित छानविन गर्न माग गरेका हुन् ।

‘नक्कली भुटानी शरणार्थी बारे कानुनी प्रक्रिया अगाडि बढ्दै गर्दा त्यो सँग मुलुकको अन्तराष्ट्रिय छवि धुमिल्याउने पृथ्वी शाहको फ्रड केस पनि जोडिएको समाचार आएको छ,’– सांसद् वाग्लेले भने ।
अमेरिकन नागरिकहरुलाई ठगी गरेको आरोपमा पक्राउ परेको शाह अहिले जेलमा छन् । उनले ठगी गरी नेपाल ल्याएको रकममध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुमा रोक्का रहेको छ ।

पृथ्वी पूर्वअर्थमन्त्री जनार्दन शर्मा निकट व्यक्ति हुन् । शर्मा अर्थमन्त्री हुँदा नै पृथ्वीले अमेरिकाबाट अवैध रुपमा भित्र्याउन खोजेको रकममा शर्माले सहयोग गर्ने कोशिस गरेका थिए । यद्यपि विरोधका बावजुद शर्मा र शाहको त्यो प्रयास सफल हुन सकेन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ गरिसकेका छन् भने १२ जना प्रतिवादी फरार रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot