काठमाडौं, ३२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले ‘बारुदको पहाडमा उभिएर सलाई नखेलाउँन’ आग्रह गरेका छन् । प्रतिनिधि सभा बैठकमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका प्रेम बहादुर आलेले किराँतीको बारेमा आरोप प्रत्यारोप गरेपछि उनले आलेतर्फ लक्षित गर्दै यस्तो लेखेका हुन् ।
‘बारुदको पहाडमा उभिएर सलाई नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नुपर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे–आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू !’ मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन् ।