Logo

अझै सुरु भएन बालेनले बन्द गराएको शैक्षिक मेला, भृकुटीमण्डपमा नगर प्रहरी तैनाथ



काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाले बन्द गराएको शैक्षिक मेला अझै सुरु हुन सकेको छैन । हिजो (बिहीबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको शैक्षिक मेला काठमाडौ महानगरले बन्द गराएको थियो ।

महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका मेला हटाएका थिए । हिसानले प्रक्रिया नै नपुर्याई मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको हो ।

स्टल हटाउनको लागि काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे आँफै फिल्डमा खटिएका थिए । सो क्रममा उनले रिजल्ट नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने र फोर्स गर्ने कार्य रोकेको बताएका थिए । अब उक्त मेला कसरी अगाडि बढाउने वा नबढाउने भन्ने बारेमा अहिलेसम्म कुनै निकायले कसैसँग पनि छलफल गरेका छैनन् । आज (शुक्रबार) पनि काठमाडौं महानगरले उक्त क्षेत्रमा बाक्लो रुपमा नगर प्रहरी परिचालन गरेको छ । Photo By: Arun Karki/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्