Logo

प्रचण्डलाई कांग्रेस सांसदको चेतावनी, ‘हेक्का रहोस् यो गठबन्धनको सरकार हो’



काठमाडौं, १ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले बजेट परिमार्जन गर्नका लागि संविधानले नरोकेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले महिनौंसम्म छलफल गरेर बजेट संशोधन नगर्ने हो भने यसको औचित्य नहुने उनले बताए । शक्ति र पहुँचका भरमा अनावश्यक बजेट परेको र बतासे योजना हालेको उनले टिप्पणी गरे ।

गठबन्धनभित्रै पनि पार्टीगत, पार्टीभित्र पनि गुटगत, गुटभित्र पनि उपगुटगत विभेदको आधारमा बजेट विनियोजन भएको उनको आरोप छ । बजेटमा नेता र मन्त्रीहरुको पहुँच स्पष्ट रुपमा प्रतिविम्बित भएको उनले बताए । आफ्नो क्षेत्रमामात्रै बजेट खन्याएर आफूमात्रै जितेर आउने सोच त्याग्न उनले सबै मन्त्रीलाई आग्रह गरे ।

‘प्रधानमन्त्री ज्यु तपाईँलाई मन्त्री बनाउन हाम्रो पनि मत जाहेर भएको छ । तपाईँको सरकारबाट यस्तो अपेक्षा गरिएको थिएन । तपाईँलाई लागेको होला पार्टीको समर्थन भए पुग्छ । तर, विगतको इतिहास हेर्नु भएको छ, आफ्नै बहुमतको सरकार असफल भएको, पार्टी फुटेको, पार्टीभित्रै चरम गुटबन्दी मौलाएको ।’ उनले भने, ‘हेक्का रहोस् यो त गठबन्धनको सरकार हो । जनप्रतिनिधि को हैसियतले यो मुलुकको बजेटमाथि हाम्रो पनि अधिकार छ ।’

 

 



प्रतिक्रिया दिनुहोस्