Logo

सरकारी वकिलले सके जवाफी बसह, छुट्लान् त भिआईपी अभियुक्त ?



काठमाडौं, १ असार । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस सकिएको छ । अहिलेसम्म १८ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो । प्रतिवादीको तर्फबाट बहस सकिएपछि आज सरकारी वकिलहरुले जवाफी बहस गरेका छन् । अब उनीहरुलाई रिहाई गर्ने कि पुपक्षका लागि थुनामा पठाउने भन्ने विषयमा न्यायाधीशले आदेश दिनेछन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको एकल इजलासमा भइरहेको सुनुवाईमा सरकारी वकिलहरुको कोही अभियुक्त छुट्न नसक्ने तर्फ प्रस्तुत गरेका छन् । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको अनेकौं प्रमाण रहेकाले भिआईपीदेखि साधरण अभियुक्तसम्म कोही पनि छुट्न नहुने सरकारी वकिलको जिकिर छ ।

 



प्रतिक्रिया दिनुहोस्