Logo

नेपालमा अनाधिकृत मेडिकल सञ्चालन गर्ने ९ जना भारतीय नियन्त्रणमा



कञ्चनपुर, १ असार । भारतसँग सीमावर्ति क्षेत्ररहेको दोधरा चाँदनीमा अनाधिकृत मेडिकल पसल सञ्चालन गर्ने ९ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

अनाधिकृतरूपमा मेडिकल पसल सञ्चालन गरी उपचार गराइरहेका ९ जना ब्यक्तिलाई औषधी तथा उपचार सामाग्रीहरुसमेत प्रहरीले नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा प्रहरीले दोधरा चाँदनी नगरपालिका-७का कञ्चभोजमा मेडिकल पसलका संचालन २६ वर्षिय भारतीय नागरिक संजय विश्वास, ४६ वर्षिय राजेश विश्वास, ४६ वर्षिय सन्तोश सरकार, वडा नम्बर ४ मा मेडिकल चलाईरहेका ४४ वर्षिय भारतीय नागरिक सुधान्सु हल्दार रहेका छन्।

यस्तै, वडा नम्बर ४ मै औषधी पसल संचालन गरिरहेका २३ वर्षिय भारतीय नागरिक रबि बिश्वास, वडा नम्बर ३ मा औषधी पसल संचालन गरिरहेका ३२ वर्षिय भारतीय नागरिक कार्तिक सरदार, वडा नम्बर १ मा औषधी पसल संचालन गरिरहेका ३८ वर्षिय भारतीय नागरिक निवास गाइन, वडा नम्बर ३ मा औषधी पसल संचालन गरिरहेका ४९ वर्षिय भारतीय नागरिक निरन्जन अधिकारी र वडा नम्बर ३ मै औषधी पसल संचालन गरिरहेका २५ वर्षिय भारतीय नागरिक भूपेन्द्र पुरी रहेका छन्।



प्रतिक्रिया दिनुहोस्