Logo

प्रचण्डलाई चेतावनी : प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्नु



काठमाडौं, १ असार । नेपाली कांग्रेसका सांसद् श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर नसोच्न चेतावनी दिएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई उक्त चेतावनी दिएका हुन्।

सरकारले अपेक्षा अनुरूपको बजेट नल्याएको भन्दै उनले भने, ‘नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन सकेको छैन। आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा/कुद्दा जुत्ताको तलुवा खिएपनि हात लागि शून्य भएको छ। पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्नु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot