Logo

बालेनलाई क्यानले सोध्यो स्पष्टीकरण



काठमाडौं, १ असार । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई नेपाल नागरिक उड्डयन प्रधिकरणले स्पष्टीकरण सोधेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्व जानकारी र सूचनाविना नै फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले बालेनसहित तीन जनालाई स्पष्टीकरण सोधेको हो ।

गत हिजो (बिहीबार) महानगरले नगर प्रहरीसहितको टोली पठाएर विमानस्थल आसपासका श्रेत्रमा फेन्सिङ तार काटेको थियो । पत्र प्राप्त भएको सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

‘नगर प्रहरी उपरिक्षक राजु पाण्डे समेतले यस प्राधिकरणलाई कुनै जानकारी सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८० २३२ मा फेन्सीङ्ग तारवार काट्न लाग्दा यस प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको तर सो कुरालाई अटेर गरी जवर्जस्ती पूर्वक कानून विपरितको कार्य गरे गराएको र सो सम्वन्धी पत्र, जानकारी माग गर्दा हामीले नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ दिएकाले सो तारवार फेन्सीङ्ग काटी लैजाने कार्यमा तपाईको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ?’ विज्ञप्तिमा भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्