Logo

पार्टी सभापति परिवर्तन एउटा व्यक्तिले भनेर मात्रै हुँदैन : प्रमुख सचेतक लेखक



काठमाडौं, १ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी सभापति एउटा व्यक्तिले भनेर मात्र परिवर्तन नहुने बताएका छन्।

शुक्रबार संसद भवनमा कुराकानी गर्दै लेखकले पार्टी सभापति एउटा व्यक्तिले भनेर मात्र परिवर्तन नहुने बताएका हुन्।

उनले भने, ‘पार्टी सभापति, केन्द्रीय समिति चयन गर्ने प्रक्रिया र पद्धति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुनसक्छ। एउटा व्यक्तिले भनेरमात्रै हुँदैन।’

उनले आगामी महाधिवेशनबाट मात्रै कांग्रेसले अर्को सभापति पाउने बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot