Logo

शरणार्थी प्रकरण : फैसला आउँदै गर्दा अदालतमा जे देखियो (तस्बिरहरू)



काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाहरू मध्ये १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

तस्बिर : मकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्