काठमाडौं, १ असार । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्।
उनलाई राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन्।
कार्कीको नाम प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि राष्ट्रपति पौडेलले कार्कीलाई आज नै प्रधानन्यायाधीश नियुक्त गरेका थिए।
शपथपछि प्रधानन्यायाधीश कार्कीले आज नै सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गरेका छन्।
उनलाई सर्वोच्च परिसरमा विभिन्न कर्मचारीहरूले बधाई तथा शुभकामना दिएका छन्।
तस्बिर : मुकुन्द कालिकोटे