Logo

मधेस प्रदेशले ल्यायो ४४ अर्ब ११ करोड ४६ लाखको बजेट



काठमाडौं, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट ल्याएको छ।

प्रदेश सरकार अर्थमन्त्री सञ्जय कुमार यादवले शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट प्रस्तुत गरेका हुन्।

विनियोजित बजेटमा चालु तर्फ १८ अर्ब २१ करोड रुपैयाँ र पूँजीगततर्फ २५ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री यादवले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्