काठमाडौं, २ असार । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका छन् । आज विरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई गुमराहमा राख्नका लागि समाजवादी मोर्चाको विषय उठान भएको आरोप लगाए ।
वामपन्थी हुँ भन्नेहरुले जनतामाझ लोकतान्त्रिक व्यवहार र संस्कारको विकास गर्नुका साटो समाजवादको कुरा गरेर भ्रम छरिरहेको उनले आरोप लगाए । ‘नेपालमा लोकतन्त्र छैन, दलतन्त्र छ । लोकतन्त्रको कुरा गर्न छाडेर समाजवादको कुरा गर्नु जनतालाई ढाँट्नु हो । समाजवादी मोर्चाको कुनै औचित्य छैन,’– साहले भने । File Photo/ Reporters Nepal