Logo

रवि लामिछानेको ठाउँमा रवि चौधरी थियो भने यतिबेला जेलमा हुन्थ्योः अधिवक्ता नेपाल



काठमाडौं, २ असार । अधिवक्ता स्वागत नेपालले मधेशी र पहाडियाबीचमा कानुनी र व्यवहारिक भेदभाव रहेको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै अधिवक्ता नेपालले दोहोरो नागरिकता र राहदानी प्रकरणमा रवि लामिछानेको ठाउँमा कुनै मधेशी मुलको व्यक्ति भए उसले जेल जानुपर्ने टिप्पणी गरेका हुन् । लामिछाने पहाडिया भएकै कारण दोहोरो नागरिकता र राहदानी प्रकरणमा सरकारले उन्मुक्ति दिँदै आएको उनको आरोप छ ।

‘यो देशमा कानुन दुईवटा छ, व्यवहार पनि दुई वटा छ । कसैसँग दुईवटा देशको नागरिकता छ र पनि नागरिकता दिने मन्त्रालयको मन्त्री भएको छ । दुईवटा देशको राहदानी बोकेको छ । यो देशमा कानुन दुईजटा छ । मधेशीका लागि बेग्लै छ, पहाडियाका लागि बेग्लै छ । त्यो रवि लामिछाने भन्ने नाममा रवि झा, रवि मिश्र, रवि गुप्ता रवि ठाकुर, रवि चौधरी थियो भने त्यो यतिबेला जेलमा भइसक्थ्यो ।’ अधिवक्ता नेपालले भने, ‘ठाकुर, मिश्र, यादव, गुप्ता नभएर लामिछाने भएको कारणले बाहिर भएको हो । अहिले इन्डियाको र नेपालको दुईवटा नागरिकता भएको मधेशको मान्छे हुन्थ्यो भने नि उसलाई पुत्लामात्रै होइन, मान्छे नै जलाई सक्थे । ऊ (रवि लामिछाने) पहाडिया हो । त्यसकारण उसलाई केही पनि हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot